Updates

कमेडी शाे ‘कमेडी नाइट विथ च्याम्पियन’ आउने

[ad_1]

काठमाडौँ । कमेडी सो ‘कमेडी नाइट विथ च्याम्पियन’ सुरु हुने भएको छ । कमेडी क्लब विथ च्याम्पियनकाे टिमले अब ‘कमेडी नाइट विथ च्याम्पियन’ लिएर आउने भएकाे हाे । कलाकारले कार्यक्रमको लोगो शेयर गर्दै कार्यक्रमको औपचारिक जानकारी दिएका छन् । 

विशाल भण्डारीको निर्देशन रहने सो मा सुमन कार्की, मेक्सम गौडेल, सजन श्रेष्ठ, कैलाश कार्की, पवन भट्टराईसँगै भरतमणि पौडेल, सन्तोष थापा, सुमन कोइराला र प्रभात लामा देखिनेछन् । 

कार्यक्रमको अध्यक्षको रूपमा कलाकार तथा निर्देशक दीपाश्री निरौला रहनेछिन् । कार्यक्रम भव्य सेटमा खिच्ने तयारी निर्देशक भण्डारीले गरेका छन् ।  कार्यक्रम मङ्सिर महिनाको अन्त्यतिरबाट हिमालय टेलिभिजन र ओएसआर रियालिटीमार्फत प्रसारण हुने निर्देशक भण्डारीले जानकारी दिए ।



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *