प्रतीक्षित नेपाली चलचित्र ‘छ माया छपक्कै २’ यस वर्षको दशैंमा बेलायतका सिनेमा हलहरूमा पनि प्रदर्शन हुने भएको छ। चलचित्रको बेलायत प्रदर्शन तथा वितरण अधिकार 977 Cinema (पापराजी नेपाल प्रा.लि.) ले प्राप्त गरेको हो।

आगामी १७ अक्टोबर २०२६ (असोज ३१ गते) प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र सन् २०१९ को लोकप्रिय चलचित्र ‘छ माया छपक्कै’ को दोस्रो भाग हो।

दीपेन्द्र लामाको निर्देशन र रोहित अधिकारीको निर्माणमा बनेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, सनिशा भट्टराई, दीपाश्री निरौलालगायत कलाकारको अभिनय रहेको छ। हास्य, पारिवारिक सम्बन्ध र सामाजिक विषयवस्तुलाई समेटिएको चलचित्रले दर्शकलाई हँसाउँदै मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

यसैबीच, चलचित्रको ‘माया छपक्कै’ शीर्ष गीत पनि सार्वजनिक भइसकेको छ। रमाइलो संगीत, नृत्य र पारिवारिक उत्सवको माहोल समेटिएको गीतमा चलचित्रका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ। गीत सार्वजनिक भएसँगै चलचित्रप्रति दर्शकको उत्सुकता थप बढेको छ।

चलचित्रको आधिकारिक शीर्ष गीत यहाँ हेर्नुहोस्:
छ माया छपक्कै २ | शीर्ष गीत

बेलायतमा रहेका नेपाली दर्शकका लागि यसपालिको दशैं अझ रमाइलो हुने भएको छ। परिवार र साथीभाइसँग आफ्नै भाषाको चलचित्र ठूलो पर्दामा हेर्दै चाडपर्वको खुसी साट्ने अवसर मिल्नेछ।

यसपालिको दशैंमा परिवार र साथीभाइसँग आफ्नो नजिकको सहभागी सिनेमा हलमा पुगेर ‘छ माया छपक्कै २’ को मज्जा लिन नभुल्नुहोला!

बेलायतमा चलचित्र प्रदर्शन हुने सिनेमा हल, शो टाइम तथा टिकट बुकिङसम्बन्धी जानकारी छिट्टै सार्वजनिक गरिनेछ।

चलचित्रको यूके प्रदर्शनसम्बन्धी थप जानकारीका लागि 977 Cinema सँग जोडिइरहनुहोस्।