[ad_1]

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच आठौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागु औषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबिच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ । 

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए । एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए । यसअघि सातौँ समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका प्रमुखबिच सीमा सुरक्षाबारे छलफल हुने गरेको छ ।



[ad_2]

Source link

Share This Article

Help others discover this post

Leave a Reply

Your email address will not be published. Required fields are marked *