[ad_1]
चलचित्र ‘कसले चोर्यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए ।
तर, चलचित्र सफलतासँगै दुबैमा स्टारडमको घमण्ड बढ्न थाल्यो । आर्यन रेखाविना पनि म सुपरस्टार हुँ भन्ने घमण्डले उचालिए त रेखा, आर्यनलाई मैले ल्याएको हुँ भन्ने घमण्डका कारण अर्कोतिर फर्किइन् ।
यही, सोचले आर्यन र रेखालाई दुई ध्रुवमा फर्काइदियो । जब, यी दुई अलग भए, त्यसपछि लाग्थ्यो कि आर्यन र रेखाविच अब कहिल्यै पनि बोलचाल हुँदैन । नेपाली चलचित्र क्षेत्रको एक चर्चित जोडी स्टारडमकै घमण्डले टुक्रियो । तर, करिब ७ बर्षपछि उनीहरु एकसाथ चलचित्र ‘रुद्रप्रिया’मा काम गर्न राजी भएका छन् ।
किन तोडियो आर्यन र रेखाको घमण्ड ?
१२ बर्षमा खोलो पनि फर्किन्छ भन्छन् । तर, रेखा र आर्यनलाई पानी बाराबारको स्थिती तोडेर अंकमाल मात्र गर्न होइन, एकसाथ चलचित्र नै खेल्न १२ बर्ष पर्खनु परेन । यी दुइले बोलचाल बन्द गरेको ७ बर्षपछि मुस्कुराउँदै अंकमाल गरे र एकसाथ चलचित्रको पर्दामा फर्किएको घोषणा गरे ।
बिहिबार बिहान जब केही मिडियामा आर्यन र रेखाले कसिलो अंकमाल गर्दै मुस्कुराएको तस्बिर सार्वजनिक भए, उनीहरु निकट साथीभाई अचम्मित भए । कारण, रेखा र आर्यनले झगडा भएपछि कहिल्यै चलचित्र नगर्ने बताएका थिए । तर, पछिल्ला केहि समय रेखाले आर्यनसँग चलचित्र खेल्न सक्ने बताउँदै आएकी थिइन् । तर, आर्यनले भने रेखासँग कहिल्यै पनि चलचित्र नखेल्ने भन्दै साथीभाइसँग कुरा गर्दै आएका थिए । तर, एकाएक बिहिबार उनै रेखाको अंगालोमा मुस्कुराइरहेका आर्यनको तस्बिर हेर्दा जोकोही पनि छक्क पर्नु स्वभाविक नै हो ।
रेखा र आर्यनलाई एकसाथ फर्किनका लागि विभिन्न फ्याक्टरले काम गरेको छ । हिजो जुन स्टारडमको घमण्डले आर्यन र रेखा अलग भएका थिए, त्यो आज दुबैसँग हिजोको जस्तो छैन । दुबैको स्टारडमको पावरमा अहिले रातो बत्ती बल्न थालेको छ । जसकाकारणले पनि रेखा र आर्यनलाई फेरि एकपटक चल्नका लागि एक अर्काको साथ आवश्यक थियो ।
चलचित्रमा सधै एक्लैले दर्शक हलसम्म तान्न सक्ने रेखाको अहिले त्यो पावर विस्तारै सकिएको छ । आर्यन त विगत २ बर्षदेखि चलेका छैनन् भन्दा पनि हुन्छ । यी दुइ एक अर्कासँग फेरि नजिक हुनुमा यही कुराले मुख्यतया काम गरेको छ ।
[ad_2]
Source link