Updates

प्रचारसंगै ‘लाल्टिन’को समाजसेवा, पशुपति लगायत क्षेत्रमा गरियो कपडा बितरण

प्रचारसंगै 'लाल्टिन'को समाजसेवा, पशुपति लगायत क्षेत्रमा गरियो कपडा बितरण

[ad_1]

चलचित्र ‘लाल्टिन’ टिमले प्रर्दशनको संघारमा आफ्नो प्रचारप्रसारलाई निकै तिब्रता दिईरहेको छ । प्रचारसंगै समाजसेवाको उदेश्यले चलचित्र ‘लाल्टिन’ टिमले हिजो पशुपति, संकटा लगायतका क्षेत्रमा रहेका बृद्ध, असायलाई कपडा वितरण गरेको छ । चलचित्रका निर्माता भानु प्रताप, अनिम श्रेष्ठ, राज केसी, कलाकारहरु निर्जन थापा, राज कटुवाल साथै गायक बिनोद ढकाल लगायत अन्य टिमको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बोल्दै ‘लाल्टिन’ टिमले यस खालका समाजसेवालाई अन्य दिनमा पनि निरन्तरता दिइने बताए । देव कुमार श्रेष्ठको निर्देशनमा तयार चलचित्रमा दयाहांग राई, प्रियंका कार्की, निर्जन थापा, राज कटुवाल, अर्जुन जंग साही, जनक बर्तौला, ए. गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई भानु प्रताप , अनिम श्रेष्ठ र राज केसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र जेष्ठ २६ गते प्रर्दशनमा आउदैछ ।



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *