Updates

श्रीमती कल्याणीसहित काठमाडौं आइपुगे भारतीय अभिनेता प्रदीप रावत

[ad_1]

अहिले प्रदर्शन भइरहेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ मा अभिनय गरेका भारतीय अभिनेता प्रदीप रावत नेपाल आइपुगेका छन्।

उनी दक्षिण भारतीय अभिनेत्रीसमेत रहेकी श्रीमती कल्याणीसहित आइतबार बेलुका काठमाडौं आइपुगेका हुन्।

‘ह्रस्व दीर्घ’ को प्रवर्द्धनका लागि काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फिल्मको टिमले स्वागत गरेको थियो।

रावतले सोमबारबाट फिल्म हलमा पुगेर ‘ह्रस्व दीर्घ’ का दर्शकसँग साक्षात्कार गर्नेछन्। उनले फिल्ममा अभिनेत्री नीता ढुंगानाको बुबाको भूमिका निर्वाह गरेका छन्। उनको काठमाडौं बसाइ ४ दिन हुने निर्देशक चन्द्र पन्तले बताए।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘ह्रस्व दीर्घ’ ले राम्रो ओपनिङ गरेको छ।

फिल्ममा नीता ढुंगाना, हरिहर अधिकारी, प्रदीप रावत, बिपना थापा, गरिमा शर्मा, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुईँटेल, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारको अभिनय छ।



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *