Updates

मिस एस.इ.इ. स्टार २०१७ को उपाधी एलिजा बुढाथोकीलाई

[ad_1]

भवानी इन्टरटेन्मेन्टले आयोजनामा सम्पन्न ‘मिस एस.इ.इ. स्टार’ २०१७ को पहिलो संस्करणमा १५ प्रतिस्पर्धीहरुलाई पछि पार्दै एलिजा बुढाथोकीले मिस एस.इ.इ. स्टार २०१७ को उपाधी जित्न सफल भएकी छन् भने अनुष्का मानन्धर फ्रस्ट रनर्स अप, अञ्जली शाह सेकेन्ड रनर्स अप र आयुष्मा नेपाल थर्ड रनर्स अप घोषित भएका छन् ।

बिहिबार साँझ काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ७ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ र्याम्पमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट स्माईल र बेष्ट हेयर एन्जिला महर्जन,  मिस पङ्चुअल कुशुम तिम्सिना, मिस डिसिप्लेन रञ्जना शाही, बेष्ट वाक आयुष्मा नेपाल, मिस पर्सनालिटी अनु कार्की, ब्यूटी विथ ब्रेन रश्मी जिरेल, मिस फोटोजेनिक शिवानी गुरुङ, मिस फ्रेन्डशिप एलिजा बुढाथोकी, पब्लिक च्वाईस अवार्ड अनु कार्की, मिस ट्यालेन्ट अञ्जली शाह, मिस इटेलेक्चुअल जेनिसा रिजाल, मिस बब्ली नाहिन्सा बानिया, मिस कन्फिडेन्ट र बेष्ट ड्रेस अनुष्का मानन्धर र  अर्गनाइजरस् च्वाइस दिब्या सिंह ठकुरीले बिभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् ।

प्रमुख अतिथि डा. सुवास घिमिरेको सारगर्वित मन्तब्य, कार्यक्रम सञ्चालक बरिष्ठ कलाकार तथा सञ्चारकर्मी दिनेश डिसीको रमाईलो प्रस्तुती, विभिन्न कलाकारहरो गायन, नृत्य र अन्य प्रस्तुतीहरुले कार्यक्रममा थप आकर्षण थपेको थियो ।

किरात बिन्द्रको संयोजनमा कुल १५ जना प्रतियोगीहरुलाई प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन सगुन पाण्डेले गरेकी थिइन् । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘मिस एस.इ.इ. स्टार’  लाई अझै भब्य बनाउन भवानी इन्टरटेन्मेन्टले  ‘मिस एस.इ.इ. स्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक सोनित ढुंगेलले बताए ।

 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *