Updates

‘ह्रस्व दीर्घ’ ले दुई दिनमा कति कमायो?

[ad_1]

अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा अभिनेता हरिहर अधिकारीको जोडीले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ ले राम्रो ओपनिङ गरेको छ।

प्रदर्शनको दुई दिन (शुक्रबार र शनिबार) मा फिल्मले २ करोड रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले शुक्रबार ८० लाख र शनिबार १ करोड २० लाख रूपैयाँ ग्रस कलेक्सन गरेको हो।

आइतबार पनि फिल्मको कलेक्सन उत्साहजनक रहेको निर्माण पक्षले जनाएको छ।

चन्द्र पन्त निर्देशित फिल्ममा नीता ढुंगाना र हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। साथमा नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरूको अभिनय छ।



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *