Updates

कस्तो फिल्म हो ‘अग्निदहन’?

[ad_1]

यही शुक्रबारदेखि रिलिज हुन लागेको फिल्म हो ‘अग्निदहन’।

सोमबार पत्रकार तथा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै फिल्मबारे जानकारी दिएको छ। साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर तयार पारिएको फिल्मले रिलिजको छेकोमा पत्रकारसँग अन्तरक्रिया गरेको हो।

फिल्मका प्रस्तुतकर्ता तथा परिकल्पनाकार कोविदशरण उपाध्यायले बोक्सी प्रथा उन्मुलन गराउन आफूहरूले फिल्म बनाएको बताए। 

‘समाजमा बोक्सी छैन भन्ने सन्देश दिन हामीले फिल्म बनाएका हौं। बोक्सीका नाममा अझै पनि महिलामाथि अत्याचार भइरहेका घटना बेला बेलामा सार्वजनिक भइरहन्छन्। हामी फिल्ममार्फत बोक्सी हुँदैन र महिलालाई बोक्सीका नाममा अत्याचार गरिनुहुन्न भन्ने सन्देश दिन चाहन्छौं’, उनले भने।

फिल्मकी कलाकार प्रमिला तुलाचनले आफूले ‘बोक्सी’ को आरोप लागेकी माइली दमिनीको चरित्र निर्वाह गरेको जानकारी दिँदै त्यो चरित्र अध्ययन गर्न सुकुम्बासी बस्ती पुगेको खुलाइन्। ‘मैले निर्वाह गरेको चरित्र निकै चुनौतीपूर्ण थियो। समाजको दुःखी, गरिब महिलाप्रति गरिने व्यवहार, एकल महिलालाई गरिने दुर्व्यवहार, असहाय महिलालाई लगाइने लाञ्छनाजस्ता दृश्य देखेर यही चरित्रलाई पर्दामा उतार्ने प्रयास गरेकी छु’, उनले भनिन्।

अर्की कलाकार तुलसी क्षेत्रीले बोक्सीको आरोप लागेका महिलालाई धामीझाक्रीले दिने यातना साँच्चै असह्य हुने गरेको बताइन्। ‘फिल्ममा मलाई धामीले फलाम डामेको दृश्य छ। त्यो दृश्यको सुटिङ गरेको भोलिपल्टसम्म मेरो शरीरमा घाउ थियो। बोक्सीको आरोप लागेका महिलालाई साँच्चै धामीले त्यसरी डाम्दा उनीहरूलाई झन कति पिडा भयो होला’, उनले भनिन्।

निर्देशक घनश्याम लामिछानेले आफ्नो फिल्म व्यावसायिक हिसाबले नबनाएको बताए। ‘मान्छे कोही पनि बोक्सी हुँदैन भन्ने सोचलाई देशव्यापी रूपमा अभियानको रूपमा अगाडि बढाउन फिल्म निर्माण गरेका हौं’, उनले भने।

फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, तारा बहादुर गुरुङको अभिनय छ। 



[ad_2]

Source link

Leave a Reply

Your email address will not be published. Required fields are marked *